सभामुख सापकोटा र सभापति देउवा विना नै सुरु भयो, संवैधानिक परिषदको बैठक — OSNepal

सभामुख सापकोटा र सभापति देउवा विना नै सुरु भयो, संवैधानिक परिषदको बैठक

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशख । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाएका संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको संवैधानिक बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित भएका छैनन् ।

यी दुवैले शुक्रबार नै बैठक बशिष्कार गर्ने घोषणा गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी भएका छन् । आजको सर्वदलीय बैठकमा रिक्त रहेको संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिका लागि रमष्ट्रपति समक्ष सिफारिस गर्ने बुसझिएको छ । हाल लोकसेवामा पदाधिकारीविहीन छ भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य , महिला आयोगसहित केही संवैधानिक आयोगमा पनि केही पद खाली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर