पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतबाट जाजरकोट जिल्ला अस्पतालमा पठाइयो कन्सन्ट्रेटरसहित अक्सिजन सिलिण्डर — OSNepal

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतबाट जाजरकोट जिल्ला अस्पतालमा पठाइयो कन्सन्ट्रेटरसहित अक्सिजन सिलिण्डर

LC (KTM) May 20, 2021 0

जाजरकोट , ६ जेठ – अक्सिजन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण सामस्य भोगिरहेको जाजरकोट जिल्ला अस्पतालमा भारी मात्रामा स्वास्थ्य सामग्री पठाएको छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले व्यक्तिगत रूपमा अक्सिजन सिलिन्डर ७० थान, अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा सामग्री, मास्क (पीपीइ) र पल्स अक्सिमिटर पठाउनुभएको हो ।

जिल्लामा अक्सिजन अभावले समस्या परिरहेको वेला बस्नेतले पठाएको यो अक्सिजन कन्सन्ट्रेटरबाट राहत मिल्ने छ । पूर्वाधार कार्यक्रममा छुट्याएको रु १८ लाख रकमको छुट्टै स्वास्थ्य सामग्री भेरी नगरपालिकालाई पूर्वमन्त्री बस्नेतले पठाएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले अक्सिजन पलान्ट र सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरे पनि अझै कहिले आउने हो भन्ने एकिन नभएको बेला प्रतिनिधिसभा सदस्या तथा पूर्वमन्त्री पठाएको सामग्रीबाट राहत मिलेको नागरिक अगुवा राजेन्द्रबिक्रम शाहले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर