१३० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका कोरोनाका बिरामी भन्छन्, कोभिडलाई सामान्य नसोचौं — OSNepal

१३० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका कोरोनाका बिरामी भन्छन्, कोभिडलाई सामान्य नसोचौं

LC (KTM) September 16, 2021 0

नयाँ दिल्ली – कोभिड पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका विरामी कहिले डिस्चार्ज हुन्छन् ? सामान्यतया दुई सातादेखि बढीमा एक महिनामा अस्पतालबाट फर्किन्छन् । तर, भारतका एक कोभिड बिरामी एक सय तीस दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

विश्वास सइनीमा २८ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी घरमै आराम गरे । केही दिनपछि उनलाई झन् गा¥हो भयो । अवस्था गम्भिर भएपछि उनलाई स्थानीय नुतीमा अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था नाजुक भएकोले उनी लामो समय अस्पताल बस्नु परेको उनको उपचारमा संलग्न डा. अभनित राना बताउछन् । ‘उनलाई २८ अप्रिलमा कोभिड भएको रहेछ । सुरुमा उनलाई घरमा राखिएको रहेछ । तर उनको अवस्था गम्भिर भएपछि अस्पताल ल्याइएको पाइयो । उनलाई हामी झन्डै एक महिना भेन्टिलेटरमा राखेर उपचार गर्यौ । उनमा अक्सिजनको तह १६ पुगेको थियो । ’, डा. रानाले भने । बिरामीमा ठूलो इच्छाशक्ति भएकोले ढिलै भए पनि कोभिड पराजित गरेको चिकित्सकको भनाई छ ।

एक सय तीस दिनपछि अस्पतालबाट डिस्चार्ज भएपछि विश्वास दंग छन् । ‘लामो समयपछि घर आउन पाउँदा खुसी त लाग्ने नै भयो नि !’ उनी भन्छन् । आफू नजिकैको बेडको बिरामी संक्रमणका कारण मृत्यु हुँदा उनी नझस्किएका होइनन्, तर, पनि उनी धैर्य रहे ।

उनको उपचारमा खटिएका चिकित्सकका अनुसार विश्वासको अवस्था अहिले स्थिर छ र उनले औषधी खाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर