नेपालमाथि शाक्यको टिप्पणी : जीवन दिएको पार्टी चटक्क छाडेको सही भएन,फुटको होइन जुटको राजनीति आवश्यक छ — OSNepal

नेपालमाथि शाक्यको टिप्पणी : जीवन दिएको पार्टी चटक्क छाडेको सही भएन,फुटको होइन जुटको राजनीति आवश्यक छ

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भाद्र । नेकपा एमालेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई गालीगलौजको संस्कृति छाडेर सिंगो पार्टीको रुपान्तरणमा गनुपर्ने बताएकी छन् ।

आज बिहिबार काठमाडौं जिल्ला कमिटीस्तरीय नेकपा एमालेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले ओलीलाई छाती ठुलो बनाउनु भन्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।

१० बुँदे सहमति कार्यान्वयन गरेर बढ्नुपर्ने भन्दै उनले कार्यक्रममा सामन्ती सोच अन्त गर्नुपर्ने बताएकी छन् । विगतको कमि कमजोरीलाई समिक्षा गर्दै अगाडी बढ्नु पर्ने तर्क राहेकी उनले माधव नेपालले रोजेको बाटो ठिक नभएको बताएकी छन् ।

नेपाललाई लक्षित गर्दै उनले भनिन् , ‘फुटको होइन जुटको राजनीति आवश्यक छ ।’ जीवन दिएको पार्टी चटक्क छाडेको सही हुन सक्दैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर