संविधान र लोकतन्त्र रक्षाको लागि तत्काल चुनावमा जानुपर्छ : टोपबहादुर रायमाझी — OSNepal

संविधान र लोकतन्त्र रक्षाको लागि तत्काल चुनावमा जानुपर्छ : टोपबहादुर रायमाझी

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताएका छन् ।

आज बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने बताएका हुन् । वतृमान गठवन्धन सरकार लोभी पापी भएको भन्दै उनले यो सरकारले दुई महिना यतिकै खेर फालेको बताएका छन् ।

कार्यक्रममा उनले आफ्नो माग पुरा नभएसम्म संसद चलन नदिने स्पष्ट पारेका छन् । जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ’ उनले भने ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको बताएका उनले अघि भने, हामी त्यस्तो भएर बस्दैनौं रु सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएरमात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठूलो कुरा हो । सांसद र मन्त्री हुने र नहुने त भैरहन्छ नि । हाम्रो हकमा एक दिनपनि नपर्खिकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले एमाले फुटाउन मात्र अध्यादेश ल्याएको आरोप लगाएका उनले भने , उनले भने,‘शेरबहादुर देउवा नेतृत्वको सरकारले केवल एमालेलाई फुटाउनको लागि जुन अध्यादेश ल्याईयो, त्यो गलत थियो । यो भन्दा विडम्बनापूर्ण र अराजकता अर्को के हुनसक्छ ? अनैतिकताको पराकाष्ठा हो । देशका पार्टीलाई टुक्रा–टुक्रा पार्ने र भाँडभैलो पार्ने काम भयो । एमाले फुटाउन त्यो हर्कत गरियो । अध्यादेश रह्यो भने कांग्रेस पनि टुक्रा–टुक्रा हुन्छ, माओवादी र जसपापनि टुक्रा–टुक्रा हुन्छ । सर्वसत्तावादी चिन्तन हो । जनताले अब बुझ्नुपर्ने बेला आएको छ । कसले सही र कसले गलत गरेको भनेर बुझ्नपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर