विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं : अष्टलक्ष्मी शाक्य — OSNepal

विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं : अष्टलक्ष्मी शाक्य

LC (KTM) September 16, 2021 0

काठमाडौँ ३१ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी विभाजनले कसैको हित नहुने भन्दै सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताएकी छन् ।

आज बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ उनले भनिन् ।

पार्टीका पछिल्लो समय विचारमा विचलन आएको बताउँदै उनले खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न नसकेको स्विकार गरेकी छन् ।

‘जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ’ शाक्यले भनिन् ।

जनताले दिएको दुई तिहाईको बहुमतको सरकारले जनमतको सम्मान गर्न नसेको बताएकी उनले भनिन्, ‘फेरि पनि चुनावमा जानुपर्छ, हामी फुट्नु हुँदैन, हामी एकढिक्का हुनुपर्छ मनमा राखेनौं । पछि जेजे पर्छ,पर्छ भन्ने ढंगले सोच्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर