पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भयो : बादल — OSNepal

पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भयो : बादल

LC (KTM) September 16, 2021 0

काठमाडौँ ३१ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा बादल ले पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापि भएको बताएका छन् ।

नेकपा एमाले काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित भएको बताएका हुन् ।

नेकपा एमालेका तिन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भएका कारण कम्युनिष्ट नेतृत्वको सरकार विस्थापित भन्दै उनले भने, ‘राजनीतिक मोर्चामा प्रतिगामी दक्षिणपन्थीहरु सफल भएका छन् । त्यो अस्थायी हो । उनीहरुको यो अवस्था धेरै दिन टिक्ने छैन । दक्षिणपन्थीहरुको विरुद्ध वैचारिक राजनीतिक संर्घषलाई तिव्र बनाएर संर्घषलाई सदन र सडकवाट अगाडी बढाउदै राजकीय सत्तामा एमालेलाई स्थापित गर्न सफल हुनेछौं’ ।

‘यो तीन वर्षको अवधिमा पार्टीभित्र पुँजीवाद हाबी हुन पुग्यो । त्यसपछि त्यो पुँजीवादी, दक्षिणपन्थी जो शक्ति थियो, त्यसले पुँजीवादी, दक्षिणपन्थी पार्टीहरुसँग सहकार्य गर्दै उनीहरुले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई अपदस्त गर्न सफल भए, उनले अघि भने, अदालतको परमादेशबाट र पार्टीभित्रको पुँजीवादी, दक्षिणपन्थी धाराहरुको अन्तरघातबाट नयाँ सरकार बनेको छ, त्यो दक्षिणपन्थी धारा पार्टीबाट अलग भएको छ ।’ यहाँसम्म आइपुग्दा खेरि पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा पार्टीभित्रको समाजवादी धारा दक्षिणपन्थी धारालाई पराजित गर्न सफल भएको छ ।

षडयन्त्रपुर्वक ढंगले कम्युनिष्ट पार्टीको नेतृत्व सरकारलाई ढालेको बताएका उनले यसलाई राजनीतिक प्रतिगमन,प्रतिक्रान्ति भएको बताएका छन् । उनले यो प्रतिक्रान्तिलाई, पश्चगमनलाई परास्त गर्ने दावीका साथ नेकपा एमालेको नेतृत्वमा आगामी दिनमा अब वर्ग संघर्षबाट राजकीय सत्तामा नेकपा एमालेलाई पुनस् स्थापित गर्ने कुरामा अघि बढ्नेछौँ । र त्यसको निम्ति आफुहरुले कम्युनिष्ट पार्टी र नेतृत्वलाई सुदृढ गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर