वर्तमान सरकारले समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको नेता पोखरेलको आरोप — OSNepal

वर्तमान सरकारले समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको नेता पोखरेलको आरोप

LC (KTM) September 16, 2021 0

काठमाडौँ ३१ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गठवन्धन सरकारले आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गरेको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई कमजोर बनाउन खोजेको वर्तमान सरकारले समाजमा अस्तव्यस्तता र अराजकतालाई बढावा दिएको समेत आरोप लगाएका छन् ।

आज नेकपा एमाले काठमाडौंले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने,’यो गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । यो अवसरवादी र अनैतिक गठबन्धन हो । यसलाई जस्ताको त्यस्तै बुझ्नुपर्दछ ।’ देश विकासका लागि जागृत भएका सपनाहरुलाई फेरि मुर्छित बनाउन खोजेको छ ।’

नेपालको राजनीति दुई धुव्रमा भएको बताएका छन् । एउटा आर्थिक विकास र समृद्धि, तिर केन्द्रि भएको छ भने अर्को यसका विरुद्ध लागि परेको छ ।

‘एउटा ध्रुव, जहाँ आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भावको दृढ पक्षपोषण तथा समाजमा अराजकताको अन्त्य, समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प बोकेको राष्ट्रिय अभियान हो ‘।

यो केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले हो । यो आजको यथार्थ हो,अर्को भनेको यसका लागि विरुद्धमा खडा गरिएको गठबन्धन र त्यसका पक्षधर शक्तिहरु हुन् । त्यसका बारेमा कुनै भ्रम पाल्नुपर्दैन, हिजो हाम्रै साथीहरु थिए, हामीसितै मिलेका थिए । हामीसित कार्यगत एकता भएको थियो भनेर लोलेपोते कुरा गर्नुपर्ने जरुरत छैन ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर