ओलीलाई साथ दिने भन्दै आएका जसपाका महतो र ठाकुर देउवा निवास बुढानिलकण्ठमा — OSNepal

ओलीलाई साथ दिने भन्दै आएका जसपाका महतो र ठाकुर देउवा निवास बुढानिलकण्ठमा

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।सत्ता समिकरणको विषयलाई लिएर महतो र ठाकुर देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

भोली २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा विपक्षी दलका शिर्ष नेताहरुले आफ्नो भेटघाटलाई तिव्रता दिएका हुन् । यस अघि नै देउवाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भनिसेकका छन् । भने कांग्रेस माओवादी र जसपालाई लिएर आफ्नो नेतृत्वमा सरकार बनाउन तयार भएको छ । जसपाका राजेन्द्र यादव पनि ओलीको विपक्षमा उभिएपछि ओलीलाई साथ दिएर सरकारमा जाने निणर्य गरेका महन्थ ठाकुर आफ्नै पार्टीमा अल्पमतमा परेका छन् ।

ओलीलाई साथ दिने ठाकुर देउवालाई भेट्न जानु निकै महत्वको विषयमा बनेको छ । देउवाले ओली विरुद्ध लाग्न भन्छन् या ठाकुर देउवाको समर्थनमा सहमत हुन्छ त्यो भने चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर