भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन सिजन २, पाए २५ लाख रुपैंयाँसहित कार पुरस्कार — OSNepal

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन सिजन २, पाए २५ लाख रुपैंयाँसहित कार पुरस्कार

LC (KTM) September 19, 2021 0

कमेडी च्याम्पियन सिजन २ को उपाधी ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबारज बेलुका भएको ग्राण्ड फिनालेमा दुई प्रतिष्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणि सिजन २ को बिजेता बनेका हुन् ।

उनले च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ सहित एउटा कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनी फस्ट रनरअप बने संगै टीभीएस अपाचे मोटरसाइकल जितेका छन् ।

त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एउटा स्कुटर जित्न सफल भएका छन् । हाँस्यब्यंग क्षेत्रका लेजेण्ड हरिवंश आचार्यले कमेडी च्याम्पियन सिजन २ को विजेताको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर