राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोगको तयारी — OSNepal

राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोगको तयारी

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन तयारी गरिने बुझिएको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा विश्वासको मत नलिई सिँधै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय गरेका थिए ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा आज शुक्रबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई दाबी पेस गर्न अपिल गरेकी छिन् । आजको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको संयुक्त छलफल हुने बताइएको छ । भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको नेपाली कांग्रेसले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर