प्रचण्डले श्रीमतीलाई पदक दिलाए माधव नेपालले पितालाई ! — OSNepal

प्रचण्डले श्रीमतीलाई पदक दिलाए माधव नेपालले पितालाई !

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज- संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ ।

९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।

माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ ।

त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।यसो त सीता दाहालको योगदान नितान्त दाहाल परिवारलाई राजनीतिक रुपमा अगाडि पढाउन पृष्ठभूमिबाट सघाउनेबाहेक अरु देखिएको छैन । मंगलकुमार उपाध्याय नेपाल पनि नाम सुनिएका साहित्यकार होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर