आक्रोशित बाँस्कोटाले नेपाल समुहलाई संकेत गर्दै भने-दुध ख्वाएर पालेका साँपले डसेका हुन,बिपक्षीसँग कुनै गुनासो छैन — OSNepal

आक्रोशित बाँस्कोटाले नेपाल समुहलाई संकेत गर्दै भने-दुध ख्वाएर पालेका साँपले डसेका हुन,बिपक्षीसँग कुनै गुनासो छैन

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले रामबहादुर थापाले राष्ट्रिय सभाको उपनिवार्चनमा जित्ने भन्दै बादल मात्र होइन पानी पनि परेको छ स्वागत गर्नलाई भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । तर नतिजा उल्टो आएपछि आक्रोशित बनेका बाँस्कोटाले माधव नेपाल समुहलाई संकेत गर्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को बताएका छन् ।

विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र भएको बताएका बाँस्कोटाले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् । हिजो भएको बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका थिए ।

उनले लेखेका छन् , दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर