दोहोरी गायिका डिला बिक श्रीमान सहित पहिलोपटक मिडियामा,अब डिलालाइ दोहोरी खेल्न नदिने भन्दै श्रीमानले पोखे गुनासो — OSNepal

दोहोरी गायिका डिला बिक श्रीमान सहित पहिलोपटक मिडियामा,अब डिलालाइ दोहोरी खेल्न नदिने भन्दै श्रीमानले पोखे गुनासो

LC (KTM) September 20, 2021 0

दोहोरी च्याम्पियनमा सबै भन्दा धेरै रोजाईमा परेको गायिका डिला बिक पहिलोपटक श्रीमान सहित मिडियामा आएकी छिन।आज भन्दा झन्डै ७ बर्ष अगाडी बैबाहिक जीवनमा बाधिएकी डिला बिकको श्रीमान लामो समय देखि विदेश बस्दै आएका थिए।बल्ल नेपाल आएको मौका छोपेर केहि रमाइलो कुराकानी भएको छ।

डिला र उनको श्रीमान गणेश बिक बीच प्रेम बिबाह भएको हो।उनीहरु भागेर बिबाह गरेका थिए।दशैंकै दिन भागेर बिहे गरेका थिए यी जोडीले सायद त्यसैले होला धेरै समय सम्म माइती संग डिलाको बोलचाल भएन।बोलचाल न भएकै कारण उनि निकै चिन्तित समेत थिईन।बाबा त् कहिलेकाही बोल्ने गर्थे तर आमा कहिल्यै बोलिनन पछि बल्ल बोलेको भन्दै डिलाले गुनासो पोखिन।

प्रेम बिबाह संगै उनि दोहोरी तिर निकै जम्न थालिन सायद त्यहि कारण हुन् सक्छ श्रीमानले कहिल्यै संका गरेनन उल्टो बिस्वास गरेर उनि प्रति माया दर्शाई रहे।आज पनि डिलाको पाईला पाइलामा उनको साथ् देखिन्छ।डिलालाइ किन बच्चा जन्माउन ढिला गरेको भन्ने प्रश्नमा उनले भनिन “पहिले आफ्नो भबिष्य बनाउने तिर सोचियो अब बच्चा जन्माउने हो”एकै छिन हाँसोमा जोडियो अन्तरबार्ता।

यो हप्ता डिला र राजेन्द्र पाठकको टिम बीच दोहोरी घम्साघम्सी भएको छ।नेपाल टेलिभिजनमा आउने दोहोरी च्याम्पियनको यो अंक पनि डिलाको टिम ले जित्यो भने सिधै फाइनलमा जाने छ।यो पटक पनि दुवै टिम निकै दरिलो रहेको पाईन्छ।निर्णायकहरुले पनि दुवै टिम दरिलो रहेको बताएका थिए। हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर