नाम नै तोकेर संविधानविद् आचार्यले भने- यी नेताहरुको परिक्षण भइसक्यो अब यीनीहरु शासन गर्न लायक छैनन् — OSNepal

नाम नै तोकेर संविधानविद् आचार्यले भने- यी नेताहरुको परिक्षण भइसक्यो अब यीनीहरु शासन गर्न लायक छैनन्

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान र लोकतन्त्रप्रति जवाफदेही नभएका नेताहरुलाई जनताले अब फाल्नुपर्ने बताएका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका आचार्यले नेपालमा संघीयता असफल प्रमाणित भएको दाबी गर्दै यस्तो बताएका हुन् ।

देशमा विद्यमान व्यवस्थालाई भन्दा पनि पात्रहरुलाई विदाई गर्नुपर्ने बताएका उनले शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु अब शासन गर्न लायक नभएको बताएका हुन् । ‘यी सबै नेताहरुको परिक्षण भइसकेको छ ‘उनले भने ।

कार्यक्रममा उनले यदि केपी शर्मा ओलीको सरकार चलिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेका बताएका थिए । ‘मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ’ उनले भने ।

संविधानमा जसले हिजोदेखि आजसम्म असहमति राखे, त्यो संविधानको चिन्ताको विषय नभएको बताएका उनले संविधानमाथि असहमति राख्न पाउनु भनेको त्यो संविधानको हक र त्यो संविधानको विशेषता भएको बताएका छन् ।

‘तर, जसले हिजो यो संविधान पारित गर्न हामीलाई उकासे, सहयोग गरे, उनीहरुले अब यो संविधान पुगेन, यसमा थप कुरा लेख्नुपर्छ भन्दा आन्दोलनको घोषणा गरेको मैले सुनें । यो भन्दा ठूलो रहस्यमय के हुन्छ ? ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर