१० फिट लामो अजिंगरलाई बचाउन कुवामा पसिन् यी हिम्मतीवाली महिला , बोरामा हालेर गरिन् रेस्क्यु — OSNepal

१० फिट लामो अजिंगरलाई बचाउन कुवामा पसिन् यी हिम्मतीवाली महिला , बोरामा हालेर गरिन् रेस्क्यु

LC (KTM) September 20, 2021 0

भारतको महाराष्ट्रबाट अजिंगरको रेस्क्युको एक यस्तो भिडियो बाहिर आएको छ जसमा एक सर्प पक्रिने महिला पानीले भरीएको कुवामा पस्छिन् । त्यसपछि उनले १० फिट लामो धेरै गह्रौ अजिंगरलाई रेस्क्यु गरेकी छिन् ।

बुलढाणा जिल्लाको मेहकर तहसीलको एक गाउँमा एकदमै सनसनी मच्चियो जब गाउँको एक किसान उत्तम पायघनको खेतमा रहेको कुवामा एउटा ठुलो अजिंगर रहेको थाहा भयो । यति ठुलो अजिंगरलाई देखेर किसान एकदमै डराएका थिए ।

त्यसपछि अजिंगरलाई रेस्क्यु गर्नका लागि सर्प मित्र बनिता बोराडेलाई बोलाईयो । महिला सर्प मित्र आईन् र डोरीको सहायताले कुवा भित्र पसिन् । त्यसपछि उनले अजिंगर रेस्क्युका लागि एकदमै हिम्मतवाला अपरेशन चलाईन् ।

उनले अजिंगरलाई पक्रने कोशिश गर्छिन् तर उनको पकड बाहिर निस्किन्छ । उनले बोरा लिएर अजिंगरलाई बोरा भित्र हाल्ने चेस्टा गरिरहन्छिन् तर अजिंगर अर्काे तर्फ भागेपछि उनी निराश बन्छिन् ।

अन्तिममा उनले अजिंगरलाई बोरामा हाल्न सफल हुन्छिन् । उनको रेस्क्यु हेर्न सबै गाउँलेहरु भेला भएका थिए । उनले अजिंगरलाई समातेर बन बिभागकर्मीहरुको सहयोगमा जंगलमा छोडि दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर