२० करोड छलि गरेको बिषयमा पहिलो पटक मुख खोले अभिनेता सोनू सूदले , भने -हरेक पटक कसैलाई कहानी सुनाई रहन आवश्यक छैन — OSNepal

२० करोड छलि गरेको बिषयमा पहिलो पटक मुख खोले अभिनेता सोनू सूदले , भने -हरेक पटक कसैलाई कहानी सुनाई रहन आवश्यक छैन

LC (KTM) September 20, 2021 0

बलिउड अभिनेता सोनू सूद यतिबेला एकदमै तनावमा रहेका छन् । उनको बिभिन्न स्थानमा रहेको घरमा आयकरले छापा मारेर अनुषन्धान गरेर २० करोड कर छलि गरेको आरोप लगाए संगै उनी चुप रहेका थिए । तर अहिले उनले यस बिषयमा आफ्नो धारणा बाहिर ल्याएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

उनले आफुले सधै सबैको भलाइका लागि काम गरेको र यो यात्रा पनि निरन्तर चलि नै रहने बताएका छन् । उनले भनेका छन् – हरेक पटक कसैलाई कहानी सुनाउन जरुरी छैन । समयले आफैँ बताउनेछ । मेरो घरमा आएका केही पाहुनाहरूका कारणले म पछिल्लो ४ दिनदेखि मानिसहरूको सेवा गर्न सकिरहेको थिइनँ, तर अब म फर्किएको छु ।’

उनले आफ्नो क्षमताअनुसार सबै भारतीय नागरिकको भलाईका लागि नै काम गर्ने संकल्प गरेको बताएका छन् । उनले आफ्नो फाउन्डेसनमा जम्मा भएको पैसाले कुनै गरीबको ज्यान बचाउन सकियोस भनेर अन्तिम समय सम्म पनि लागिरहेको बताएका छन् ।

उनले आयकरको यो कार्यले आफुलाई कति पनि फरक नपार्ने र आफु निरन्तर काममा लागि रहने बताएका छन् । आयकर विभागले सोनूको मुम्बई, लखनउ, कानपुर, जयपुर, दिल्ली र गुरु ग्रामसहित २८ स्थानमा छापा मारेर ३ दिनपछि २० करोडको कर छलि गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर