काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु — OSNepal

काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

LC (KTM) September 20, 2021 0

मस्को, असोज ४ – काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीले जारी गरेको बयानमा बताएका छन् प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी र अन्य तीनको मृत्यु भएको हो ।

क्याम्पसमा गोली प्रहार निन्दनीय घटना ः राष्ट्रपति पुटिन-रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गर्नुभएको छ । टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भन्नुभएको छ । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा ६ जनाको ज्यान गएको छ । (रासस–एएफपी) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर