माधव नेपाल सहित १४ जना सांसदको पदमुक्त हुनुपर्ने भन्दै एमालेले दर्ता गराएको मुद्धाको सुनवाई आज — OSNepal

माधव नेपाल सहित १४ जना सांसदको पदमुक्त हुनुपर्ने भन्दै एमालेले दर्ता गराएको मुद्धाको सुनवाई आज

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च दर्ता गराएका मुद्धाको आज सुनुवाई हुने भएको छ ।

हिजो सोमबार न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त मुद्धाको थप सुनुवाई आज हुने भएको हो ।
ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

माधव नेपाल सहित १४ जना सांसदलाई पार्टीले गरेको कारवाहीको सुचना नटाँसेको र निवार्चन आयोगले कारवाहीमा परेका सांसदहरुको सनाखतलाई मान्यता दिई नयाँ दल दर्ता गराएको भन्दै ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यही विषयलाई लिएर एमालेले लगातार संसद बैठक समेत अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर