अदातल हाम्रो पक्षमा आउँछ : रामकुमारी झाँक्री — OSNepal

अदातल हाम्रो पक्षमा आउँछ : रामकुमारी झाँक्री

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले एमालेल अध्यक्ष केपी ओलीले आफ्नो विरुद्ध दर्ता गरेको मुुद्धाको सुनुवाई आफ्नो पक्षमा आउने दावी गरेकी छन् ।

हिजो राति एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले ओलीको एक्सन अब असफल भएको भन्दै यस्तो दावी गरेकी हुन् । अदालत आफ्नो पक्षमा आउँने दावी गरेकी झाँक्रीले संसद नै ढाल्ने समुह कुन लिएर संसदमा आएको भन्दै एमालेलाई प्रश्न गरेकी छन् ।

‘अदालतको फैसला हाम्रो पक्षमा आउँछ । पार्टीको ह्वीप त्यतिवेला लाग्दथ्यो, जतिबेला हामी सांसद नै हुन्थ्यो । हामी १४६ जना सांसद सर्वोच्च गएर च्यालेन्ज गरेर लडेर संसद् ल्याएपछि अनि केपी ओलीले हाम्रो सदस्यता खाने ? बरु, उहाँहरुलाई अलिकति लाज लाग्नुपर्ने हो ? कुन मुखले उहाँहरु संसद्मा आउनुभयो रु उहाँले आफ्नो संसद् आँफै ढाल्नुभएको हो ।’ कार्यक्रममा उनले भनिन् ।

संसद विघटन गरेर ओलीले राजनीतिक अपराध गरेको आरोप लगाएकी उनले ओलीले अहिले जात्रा गरिरहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर