नेपालको यो अभिव्यक्तिलाई लिएर नेता बाँस्कोटाको टिप्पणी : नेपालको राष्ट्रिय परिचय कहाँबाट आयो ? — OSNepal

नेपालको यो अभिव्यक्तिलाई लिएर नेता बाँस्कोटाको टिप्पणी : नेपालको राष्ट्रिय परिचय कहाँबाट आयो ?

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दिएको अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेका छन् ।

आज मंगलबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागथी भएका बाँस्कोटाले नेपालको राष्ट्रिय परिचयमाथि नै प्रश्न गरेका हुन् ।

अध्यक्ष नेपालले एक कार्यक्रममा एमालेको नाम सुन्दा पनि नाक खुम्चिन्छ भन्ने अभिव्यक्ति दिएका थिए । जसमाथि टिप्पणी गर्दै बाँस्कोटाले कहाँबाट जन्मे माधव नेपाल भन्दै प्रश्न गरेका छन् ।

उनल कार्यक्रममा भनेका छन् , ‘उहाँको बुवाले त जन्माउनुभयो। उहाँको आमाले जन्माउनुभयो, तर, माधव नेपालको राष्ट्रिय परिचय कहाँबाट बन्यो। स्रोत जग र कोख त एमाले हो। कि अवैध सन्तान हुन् उनीरु नभए एमालेको वैध हो भने एमाले भन्दा नाक खुम्चिन्छरु बेइमानी पनि, पखाण्डीको पनि सीमा हुन्छ नि।’

बाउआमाबाट जन्मिने अनि बाउआमा नचिन्ने। कस्तो प्रवृत्तिरु सुपुत्र कि कुपुत्र। भन्दै नेपालमाथि टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर