राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा हुनु भनेको देश र जनताको फजिती र अधोगतिको मार्ग हो: रावल — OSNepal

राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा हुनु भनेको देश र जनताको फजिती र अधोगतिको मार्ग हो: रावल

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा। भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा भएको भन्दै आलोचना गरेका छन् ।

नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा भएजस्तै तक्मामा पनि भागवण्डा भएको भन्दै आलोचना गरेका हुन् ।

उनले टवीटर मार्फत देशका निर्णयकर्तालाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर्न आग्रह गरेका छन् ।

मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा! यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो।निर्णयकर्ता हो,देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर