क्यानडाका प्रधानमन्त्री ट्रूडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित — OSNepal

क्यानडाका प्रधानमन्त्री ट्रूडो ४९ बर्षमा तेस्रो पटक पनि निर्वाचित

LC (KTM) September 21, 2021 0

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।

निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पूर्वानुमान अनुसार नै उनी विजयी भएका स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन् ।

अहिले ४९ बर्ष भएका ट्रूडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए । प्रधानमन्त्री ट्रूडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर