निधारमा रातो टीका लगाएर जेल बाट बाहिर निस्किए राज कुन्द्रा , दुब्लाएर यस्तो सम्म देखिने भएछन् — OSNepal

निधारमा रातो टीका लगाएर जेल बाट बाहिर निस्किए राज कुन्द्रा , दुब्लाएर यस्तो सम्म देखिने भएछन्

LC (KTM) September 21, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेसम्यान राज कुन्द्रा अन्ततः जेल बाट बाहिर आएका छन् । ६४ दिनको जेल बसाई पछि उनी घर पुगेका छन् । राज कुन्द्रा लाई मुम्बइ क्राइम ब्रान्चको टिमले १९ जुलाई मा पोर्नाेग्राफी केसमा गिरफ्तार गरेको थियो ।

राज कुन्द्रा जेल बाट बाहिर आउने बित्तिकै मिडियाले उनलाई घेरेका थिए । यसै क्रममा रिर्पाेटरले राज कुन्द्रा संग प्रश्न समेत गरेका थिए तर उनले केही पनि जवाफ फर्काएका थिएनन् । राज कुन्द्रा केही नबोली गाडीमा बसेका थिए ।

धरौटीमा छुटे संगै राजको पहिलो तस्बीर बाहिर आएको छ । यस तस्बीरमा राजले मास्क लगाएको देख्न सकिन्छ । उनी एकदमै दुब्लाएको फोटोमा प्रष्ट देख्न सकिन्छ । उनले निधारमा रातो टीका समेत लगाएको देख्न सकिन्छ ।

मिडियाको भिड आसपासमा देखेर राज दिक्दार भएका थिए । गाडीमा बसे लगत्तै उनले कोही संग बोल्दै मिडिया तर्फ हातले केही इशारा गरेको देख्न सकिन्छ । राज कुन्द्राकै लागि भनेर शिल्पा शेट्टी बैष्णे देबीको दरबारमा पनि गएकी थिईन् ।

राज कुन्द्रालाई जमानत मिले संगै शिल्पाले शान्तिको स्वास फेरेकी छिन् । राज कुन्द्रा यस केसमा ५० हजार भारतीय रुपैया धरौटी तिरेर बाहिर निस्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर