जेल बाट बाहिर आए लगत्तै शिल्पा शेट्टीले गरिन् यस्तो पोष्ट , लडे पछि कसरी उठ्ने भन्दै दिईन् यस्तो सन्देश — OSNepal

जेल बाट बाहिर आए लगत्तै शिल्पा शेट्टीले गरिन् यस्तो पोष्ट , लडे पछि कसरी उठ्ने भन्दै दिईन् यस्तो सन्देश

LC (KTM) September 21, 2021 0

मंगलबार बिहान शिल्पा शेट्टीका पति राज कुन्द्रा मुम्बईको आर्थर रोड जेल बाट २ महिना पछि बाहिर आएका छन् । पोर्नाेग्राफी केसमा राज कुन्द्रा लाई कोर्टले ५० हजार निजी मुचुल्कामा धरौटी दिएको हो । राज जेल बाट छुटे लगत्तै शिल्पा शेट्टीको नयाँ पोष्ट बाहिर आएको छ ।

उनले पोष्टमा एकदमै पोजेटिभ कुरा लेखेकी छिन् । शिल्पाले आफुले योगा गरिरहेको फोटो शेयर गरेकी छिन् । यसै फोटोको साथमा उनले क्याप्सनमा लेखेकी छिन्– तपाईको जिन्दगीमा सधै यस्तो पलहरु आउँछन् जस्ले तपाईलाई तल धकेल्नेछ ।

यस्तो समयमा मलाई यकिन छ कि तपाईहरु सात पटक गिर्नु हुनेछ , यस्तो बेला तपाई आफैलाई यति बलियो बनाउनु होस् कि आठौ पटकमा तपाई आफै उभिन सक्नु हुनेछ । तपाईको जिन्दगीको सबैभन्दा कठिन पलमा धेरै हिम्मत, ताकत, धैर्यता र इच्छाशक्तिको जरुरत रहन्छ । शिल्पाले राज कुन्द्राको बिषयमा केही पनि बोलेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर