खतरो के खिलाडीका प्रतिष्पर्धी बिशाल र सनाको डेटिंगको चर्चा , सनाले भनिन्– के केटा र केटी साथी हुन सक्दैनन् ? — OSNepal

खतरो के खिलाडीका प्रतिष्पर्धी बिशाल र सनाको डेटिंगको चर्चा , सनाले भनिन्– के केटा र केटी साथी हुन सक्दैनन् ?

LC (KTM) September 21, 2021 0

खतरो के खिलाडी शो मा सहभागी भए देखी नै सना मकबुल र बिशाल आदित्य सिंहको डेटिंगको खबर एकदमै चर्चाका साथ बाहिर आयो । शो को दौरानमा होस्ट रोहित शेट्टी तथा बाँकी प्रतिष्पर्धीहरुले पनि दुबै जनालाई एक अर्काको नाम लिएर जिस्काउने गरेका थिए ।

उनीहरु केपटाउनमा शो को शुटिंग पुरा गरेपछि दुबै जना मुम्बईमा डिनरमा भेटिएका छन् । सनाले आफ्नो बिशाल संगको डेटिंगको खबरका बिषयमा बोलेकी छिन् । उनले एक भारतीय संचारमाध्यम संग कुरा गर्दै भनेकी छिन्– मलाई थाहा छैन डेटिंगको हल्ला कहाँ बाट सुरु भयो । तर हामी एकदमै राम्रो साथी हौ ।

यसकारण यी सबै कुराले कुनै मतलब राख्दैन । हामी आफ्नो सम्बन्धका बिषयमा एकदमै स्पष्ट रहेका छौ । यसकारण यी सबै कुराले हामीलाई कुनै असर हुने छैन । सनाले यो पनि बताईन् कि उनीहरु दुबै सिंगल रहेका छन् । शो मा सबैले जिस्काएको बिषयमा उनी भन्छिन्– उनीहरुको सेन्स अफ ह्युमर एकदमै राम्रो छ ।

उनीहरु सिर्फ मस्तीका लागि हामीलाई खिच्चा हानिरहेका हुन्छन् । उनले डेटिंग डेटिंग भनेर रड लगाईरहेको बिषयमा पनि भनिन्– के एउटा केटा र केटी साथी हुन सक्दैन ? हरेक पटक किन डेटिंगको रटान लगाईन्छ ? अजुैन बिजलानी र मेरो बारेमा किन कोही केही कुरा गर्दैन ? उनी पनि त मेरो एकदमै मिल्ने साथी हुन् ? उनी संग पनि मैले धेरै फोटोहरु शेयर गरेकी छु । किनकी उनी बिबाहीत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर