यस्तो छ आजको सुनको मूल्य — OSNepal

यस्तो छ आजको सुनको मूल्य

LC (KTM) May 09, 2021 0

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको हो । गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको भाउ भने सामान्य घटेको छ। आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर