४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव — OSNepal

४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधान विपरित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नियुक्त भएको भन्दै पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आफुहरुको बहुमत पुगेको भन्दै विपक्षी दलका नेपाली कांग्रेस, नेकपा माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यस अघि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । गत बैशख १९ गते प्रदेश सभाको अधिवेशन बोलाउनु भन्दा अगाडी नै राजीनामा दिएका पोखरेलले आफु बहुमत सरकारको दावी गदैृ बहुमथत नपुगे पनि आफ्नै कक्षमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई बोलाई कडा सुरक्षाका साथ मुख्यमन्त्री पदको सपथ गह्रण गरेका थिए ।

सपथ लिनु अघि नै नेकपा एमालेका दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीले दिएको राजीनामा तथा माओवादी केन्द्र रोज्ने बिमला खत्रीको निर्णयपछि पछि अल्पमतमा परेका पोखरेलले बहुमत सरकारको दावी गर्दै मुख्यमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर