१ हजार ३२४ जना संक्रमणमुक्त हुँदा १३ जनाको मृत्यु — OSNepal

१ हजार ३२४ जना संक्रमणमुक्त हुँदा १३ जनाको मृत्यु

LC (KTM) September 23, 2021 0

काठमाडौँ ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको भने ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर