गठवन्धन दलका नेताहरुको छातीभित्र मुटु होइन दर्शनढुंगा छ : केपी ओली — OSNepal

गठवन्धन दलका नेताहरुको छातीभित्र मुटु होइन दर्शनढुंगा छ : केपी ओली

LC (KTM) September 23, 2021 0

काठमाडौँ ७ असोज । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठवन्धन सरकारका नेताहरुको मानविय मन नभएको बताएका छन् ।

आज राष्ट्रियसभामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग आरोप लगाएका छन् ।

प्रहरीलाई सरकारले अप्ठ्यारोमा पारेको बताएका उनले भने, ‘अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ ।’

‘छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर