एमालेको विरोधका बिच पनि राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक बहुमतले पारित — OSNepal

एमालेको विरोधका बिच पनि राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक बहुमतले पारित

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । आज शुक्रबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा पनि नेकपा एमालेले अवरोध गरेको छ ।

तथापी , एमालेकोे अवरोधमा बाबजुत पनि राष्ट्रिउ सभाध्यक्ष गणेश तिमल्सिनाले बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएका हुन् ।

आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्दै अर्थमन्त्री जनादर्न शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्रस्ताव पेश गरेका थिए । सो दुवै प्रस्ताप बहुमतले पारित भएको छ ।

पारित भएको दुवै विधेयक माथि दफावार छलफलका लागि भने असोज ११ गते बैठक बस्ने भएको छ ।

बैठक सुरु हुने बित्तिकै एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफ्नो विरोध कायमै राख्ने भन्दै विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर