कर्णालीमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या ८२ पुग्यो — OSNepal

कर्णालीमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या ८२ पुग्यो

LC (KTM) May 09, 2021 0

कर्णाली – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना सङ्क्रमणको मृ त्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

दोस्रो लहरको हालसम्मको अवधिमा मृ त्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृ त्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।

निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर