भारतीय राष्ट्रपति कोविन्दको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न — OSNepal

भारतीय राष्ट्रपति कोविन्दको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

LC (KTM) September 24, 2021 0

नयाँ दिल्ली, भारत, ८ असोज – राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ ।“शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो ।”

राष्ट्रपति कोविन्दको सचिवालयले शुक्रबार विज्ञप्ति जारी शल्यक्रिया सफलतापूर्वक सकिएको बताएको छ । उहाँलाई केही दिन आराम गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् । उहाँले यसै बर्ष मार्च ३० मा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गराउनु भएको थियो ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर