पत्रकार सम्मेलनमा आफ्नो पक्षमा ९३ सांसद रहेको बताएका ओलीले शितल निवासमा बुझाए १५३ सांसदहरुको हस्ताक्षर — OSNepal

पत्रकार सम्मेलनमा आफ्नो पक्षमा ९३ सांसद रहेको बताएका ओलीले शितल निवासमा बुझाए १५३ सांसदहरुको हस्ताक्षर

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो हस्ताक्षर हटाउन भनेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले आफ्नो मात्र ९३ सांसद रहेको बताएका थिए । तर शितलनिवासमा प्रधानमन्त्रीको लागि माधव नेपालसहितको हस्ताक्षर सहित १५३ सांसदको हस्ताक्षर पेश गरेपछि नेपाल आक्रोशित हुँदै आफ्नो नाम हटाउन राष्ट्रपति समक्ष भनेका हुन् ।

आफ्नो समर्थन कांग्रेसका सभापति शेरबहादुर देउवालाई भएकाले ओलीले किर्ते गरी आफुहरुको नाम सहितको हस्ताक्षर बुझाएको आरोप लगाएका छन् । – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्दै आफूहरुको समेत हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएकामा आक्रोश व्यक्त गरेका छन् ।प्रधानमन्त्रीमा १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न गएका काँग्रेस सभापति देउवासँगै शीतलनिवास गएका थिए ।

संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा सांसदलाई दलीय ह्वीप नलाग्ने भएकाले आफूहरुले स्वतन्त्र रुपमा देउवालाई समर्थन गरेको उनले स्पष्ट गरे । यता ओलीले जसपाका सबै सांसदहरुको हस्ताक्षर समेत संकलन गरेका छन् । यता जसपाका उपेन्द्र यादव पक्षमा सांसहरुले कांग्रेसलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसले भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर