एक युवक जस्ले १० मिनेटमा डेढ लिटरको कोल्ड ड्रिंक पिएको ६ घण्टा पछि मृत्यु , डाक्टरले बताए मृत्युको कारण — OSNepal

एक युवक जस्ले १० मिनेटमा डेढ लिटरको कोल्ड ड्रिंक पिएको ६ घण्टा पछि मृत्यु , डाक्टरले बताए मृत्युको कारण

LC (KTM) September 26, 2021 0

चीनका डाक्टरको दाबी अनुसार चिनमा गर्मी मौषममा १० मिनेटमा डेढ लिटरको कोल्ड ड्रिंक पिए पछि एक ब्यक्तिको मृत्यु भएको छ । हालै ति मृतकको नाम भने खुलासा गरिएको छैन। तर कोल्ड ड्रिंक पिउने ब्यक्ति २२ बर्षको रहेको बताइएको छ ।

डेली मेल रिर्पाेटका अनुसार ति युवकले गर्मीमा आफुलाई ठण्डा गराउनका लागि पुरै एक बोत्तल कोल्ड ड्रिंक पिएका थिए । पिएको ६ घण्टा पछि गंभीर रुपमा पेट दुखाई भएको र उनलाई बेईजिंगको चाओयांग अस्पताल लगिएको थियो । त्यति बेला ति युवकको हृदयको गति एकदमै तेज रहेको थियो ।

साथै ति युवकको ब्लड प्रेशर पनि चिन्ताजनक रुपमा एकदमै तल्लो लेभलमा आएको थियो । अस्पताल पुर्याइएका ति युवकले एकदमै छिटो छिटो श्वास समेत फेरिरहेका थिए । क्लिनिकल तथा रिसर्च इन हेपोटोलोजी एण्ड गैस्ट्रोलोजी जर्नलमा मृत्युको कारणमा चिकित्सकले उनले एकदमै छिटो कोल्ड ड्रिंक पिउनु उनका लागि महंगो साबित भयो ।

तुरुन्त धेरै कोल्ड ड्रिंक पिउँदा ब्यक्तिको आँतमा असमान्य तरिकाले ग्यास निर्माण हुन्छ । त्यसकारण ति कोल्ड ड्रिंक पिउने ब्यक्तिको छातिमा अक्सिजनको कमी भई हेपेटिक इस्किमिया भएर निधन भएको चिकित्सकको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर