OSNepal बुधबार, मंसिर २२ २०७८

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अभिशेक र अच्युतको ज्यान गयो

सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अभिशेक र अच्युतको ज्यान गयो

  • OSNepal
  • आइतबार, असोज १० २०७८


सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा अभिशेक र अच्युतको ज्यान गयो
Reading Time: < 1 minute

लहान, १० असोज -पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उहाँले बताउनुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड