१ हजार २८२ जनामा संक्रमण पुष्टि हुँदा १ हजार २६२ जना भने भए संक्रमण मुक्त — OSNepal

१ हजार २८२ जनामा संक्रमण पुष्टि हुँदा १ हजार २६२ जना भने भए संक्रमण मुक्त

LC (KTM) September 27, 2021 0

काठमाडौँ ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल सम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २६२ जना संक्रमण मुक्त भएका छन् । भने सात जना संक्रमितले भने अकालमै ज्यान गुमाएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका २० बालबालिकामा र ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर