मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्: धनराज गुरुङ — OSNepal

मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्: धनराज गुरुङ

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता धनराज गुरुङले मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनेको आरोप लगाएका छन् । मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी आगामि कार्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावमा जाने घोषणा गरेकी हुन् ।

धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

यही विषलाई लिएर नेता गुरुङले संबिधानको धारा ७६(५)बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफै अनि शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन गरेको भन्दै ओली, भण्डारीमाथि आक्रोशित बनेका छन् । गुरुङले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

गुरुङले भनेका छन् , मध्यरातमा राष्ट्रपति निर्वस्त्र!
संबिधानको धारा ७६९५०बमोजिम सरकार गठनका लागि आह्वान गर्ने आफै।
शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीमा दावी गरेपछि मध्यरातमा संसद नै विघटन!
मुलुकको अभिभावक बन्नुको सट्टा राष्ट्रपति ओलीको कार्यकर्ता बनेर निर्वस्त्र बनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर