गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधान न्यायाधीशसमक्ष पेस — OSNepal

गोला प्रक्रियाबाट पेसी व्यवस्थापन प्रतिवेदन प्रधान न्यायाधीशसमक्ष पेस

LC (KTM) September 27, 2021 0

काठमाडौँ, ११ असोज-सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न बनेको समितिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष प्रतिवेदन पेस गरेको छ । न्यायाधीश मीरा खड्काको संयोजकत्वमा बनेको उक्त अध्ययन समितिले प्रधानन्यायाधीश राणालाई प्रतिवेदन पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

“यो सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको हो, यही असोज १ गते समितिले प्रतिवेदन बुझाएको छ,” प्रवक्ता दाहालले भन्नुभयो, “अब यो पूर्ण बैठकमा पेस भएर पास भएपछि सर्वोच्च अदालत नियमावली बन्नुप¥यो, प्रक्रिया सुरु भयो तर अरू धेरै काम चाहिँ बाँकी छ ।”

सर्वोच्च अदालतको गत २४ साउनमा पूर्ण बैठकले गोला प्रक्रियाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न न्यायाधीश खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिका सदस्यमा न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी रहनुभएको थियो । समितिको सदस्य–सचिवमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थी रहनुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर