अध्यक्ष ओली ७० वर्ष पुगेका छैनन्, त्यसैले अध्यक्षको उम्मेदवार बन्न ओलीलाई कुनै छेकबार छैन : नेता पौडेल — OSNepal

अध्यक्ष ओली ७० वर्ष पुगेका छैनन्, त्यसैले अध्यक्षको उम्मेदवार बन्न ओलीलाई कुनै छेकबार छैन : नेता पौडेल

LC (KTM) September 28, 2021 0

काठमाडौं असोज १२ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् ।

आज मंगलबार बिहान एक कार्यक्रममा सहभागी भएका नेता पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावीका साथ अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरेका हुन् । दक्षिणपन्थीहरुको सहानुभूतिमा सानो झुन्ड चोइटिएको मात्र बताएका उनले एमाले नफुटेको समेत कार्यक्रममा जनाएका छन् ।

‘एमाले फुट्यो भन्ने निष्कर्षमा म सहमत छैन । दक्षिणपन्थीहरुको सहानुभूतिमा सानो झुन्ड चोइटिएको मात्र हो । त्यसकारण एमाले विद्यमान कानुनी आधारमा नफुट्ने भयो भनेर अध्यादेश नै ल्याउनुपर्यो । अब हामी पार्टीलाई पुरानो अवस्थामा फर्काउने मात्र होइन, अझ सशक्त, गतिशील र शक्तिशाली बनाउँछौं ‘ पौडेलले भने ।

२०५४ सालमा चाहिँ एमाले साँच्चै फुटेको स्मरण गराउँदै नेता पौडेल माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको कहीँं कतै केही सम्भावना छैन नभएको समेत स्पष्ट पारेका छन् ।

चाँडो भन्दा चाँडो चुनावमा जान सुझाव दिएका उनले तीन महिनामा बल्ल मन्त्रिपरिषद् विस्तारको सुरसार भएकोम भन्दै गठवन्धन सरकारले केहि काम गर्न नसकेको बताएका छन् ।

कार्यक्रममा उनले अध्यक्ष ओली अहिल्यै ७० वर्ष नपुगेकोले आउँदो महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार नभएको बताएका छन् ।

‘पार्टीको लोकतान्त्रिकीकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा विधानमा समेटिएका हो । दुई कार्यकाल, उमेर हदका विषय पहिल्यै निर्णय भइसकेका कुरा हुन् । आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति हटोस् र नेतृत्व हस्तान्तरण हुँदै होस् भनेर ती प्रबन्ध गरिएका हुन् । केपी शर्मा ओली अहिले ७० पुग्नुभएको छैन । उहाँलाई अध्यक्षको उम्मेदवार बन्न कुनै छेकबार छैन । पार्टीले पत्याएसम्म उहाँ अध्यक्ष रहिरहनुहुन्छ ‘ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर