गठवन्धनको वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना हो: कमल थापा — OSNepal

गठवन्धनको वर्तमान सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना हो: कमल थापा

LC (KTM) September 28, 2021 0

काठमाडौं १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले
गठवन्धन सरकारलाई भ्रष्ट / निर्लज्ज राजनीतिको नमुना भएको भन्दै वर्तमान सरकारको आलोचना गरेका छन् ।

दुई दललाई फुटाएर विश्वासको मत लिएको यो सरकारले विश्वासको मत लिएपछि अध्यादेश फिर्ता गरेको भन्दै अध्यक्ष थापाले आज ट्वीटर मार्फत वर्तमान सरकारको आलोचना गरेका हुन् ।

“परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश,दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता” थापाले भनेका छन् ।

यसलैलाई अग्रमन र संविधानको रक्षा भनिन्छ हो भन्दै नेता बाबुराम भट्टराईलाई प्रश्न गरेका छन् । हिजो सोमबार राष्ट्रपतिबाट दल विभाजन सम्बन्धि अध्यादेश खारेज भएपछि नेता भट्टराईले पोष्ट गरेको सुचनामाथि आलोचना गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर