के हो स्वास्थ्य आपतकाल भनेको ? जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने — OSNepal

के हो स्वास्थ्य आपतकाल भनेको ? जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

LC (KTM) May 22, 2021 0

कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ ।

राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने उल्लेख छ ।

यो पनि : नेपालमा कोरोनामुक्त हुने बढे, अब संक्रमित पनि घट्लान् ? : कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर