नेताहरु सरकार गिराउने र बनाउने खेलमा लागिरहँदा युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर — OSNepal

नेताहरु सरकार गिराउने र बनाउने खेलमा लागिरहँदा युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

LC (KTM) May 22, 2021 0

काठमाडौ । कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ ।सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न सफल भएका छन् ।

ती युवाहरुले चीनबाट ग्यास आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुर्याएर ठूलो सेवा दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । उनीहरुले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका हुन् ।

यो पनि : नेपालमा कोरोनामुक्त हुने बढे, अब संक्रमित पनि घट्लान् ? : कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा भने सुधार हुँदै गएको छ । गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर