• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

गुल्मीका कमल नेपाली मलेसियामा बेपत्ता, घरपरिवार चिन्तामा

गुल्मीका कमल नेपाली मलेसियामा बेपत्ता, घरपरिवार चिन्तामा


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ३:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 5.9K
    SHARES

    गुल्मी, १२ असोज-दशैं नजिक भएकाले थुप्रै नेपाली परिवार परदेशीको प्रतीक्षामा छन् । परदेश पसेकाको पनि सकेसम्म दशैं-तिहारमा घर फर्कने योजना बनेको हुन्छ । तर, गुल्मीकाे रेसुंगा नगरपालिका-७ का कमल नेपाली परदेशमा बेपत्ता भएका छन् । करिब एक महिना पुग्न थाले घरपरिवारसँग सम्पर्क नभएको ।

    ३६ वर्षीय कमल नेपाली २१ भदौदेखि परिवारको सम्पर्कमा नभएको उनकी श्रीमती माया नेपालीले जानकारी दिइन् ।कमल ०६८ सालदेखि मलेसियामा काम गर्छन् । परिवारलाई २३ भदौमा कमलका साथीहरूले मलेसियाबाट फोन गरेर प्रहरीले पक्राउ गरेको जानकारी दिएका थिए । घरपरिवारलाई कमलको वास्तविक अवस्था जानकारी छैन । अन्याेलता र अनेक आशंकाले कमलकी श्रीमती मायाको रुँदारुँदै आँसु सकिन थालेको छ ।

    आमा र श्रीमती भएर गुहार माग्दै तम्घासमा आएका छन् । कम्पनीले पनि कुनै वास्ता नगर्ने र साथीहरूले पनि वास्तविक कुरा नगर्दा पीडाले तड्पिएको श्रीमती मायाले गुनासो गरिन् । उनले परदेशको कुरा आफूहरूले के गर्ने र कसो गर्ने निर्णय नै गर्न नसकेको मायाको भनाइ छ । मलेसियामा कमलसँग धुर्कोट गाउँपालिका-६ का धनुष जिसी बस्थे । उनले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । तर, परिवार त्यो मात्रै कारण मान्न तयार छैन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend