कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन् 'महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ, संविधानको सामुहिक ब लात्कारको दुश्परिणाम महंगो पर्नेछ' — OSNepal

कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन् ‘महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ, संविधानको सामुहिक ब लात्कारको दुश्परिणाम महंगो पर्नेछ’

LC (KTM) May 22, 2021 0

काठमाडौं, जेठ ८ । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको व्यापक विरोध भएको यसै बिच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कार भएको बताएका छन् । शर्माले महामारीमा मृत्युुसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’ भएको बताएका छन् ।
अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा खिदँदै उनले भनेका छन् ।‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !’ उनले ट्विटमा भनेका छन् ।

कारोना महामारीका समयमा निर्वाचनको रंगीन सपना महँगो पर्ने भन्दै उहाँले राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई खबरदारी गर्दै लेख्नुभएको छ, ‘बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर