कांग्रेस लगायत यी पाँच दलको सर्वदलीय बैठक बस्दै — OSNepal

कांग्रेस लगायत यी पाँच दलको सर्वदलीय बैठक बस्दै

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओली विरोधी नेपाली कांग्रेस लगायत पाँच दलको सर्वदलीय बैठक बस्ने भएको छ । अहिले बिहान ११ बजेपछि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम—उपेन्द्र पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका दलहरुको, ससर्वदलीय बैठकहभागी हुने बताइएको छ ।

बैठकमा हिजो राति दोस्रो पटक संसदको घाँटी निमोठने काम गरेपछिको अवस्थालाई समीक्षा तथा अगामी रणनितिको बारेमा छलफल हुने बताइएको छ । हिजो १४१ सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री दावी गर्न जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको पनि दावी आएकाले सल्लाह गरेर निणर्य गर्ने बताएकी थिइन् , तर मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकको निणर्य बमोजिम राष्ट्रपतिले संसद विघठन गरेर मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर