• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने र पटक–पटक धम्क्याउनेलाई कारबाही गर्न माग

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने र पटक–पटक धम्क्याउनेलाई कारबाही गर्न माग


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • २:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.7K
    SHARES

    काभ्रेपलाञ्चोक, १५ असोज- भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो ।

    पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ । साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक–पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गर्नुभएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ । श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आउनुभएको थियो, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिनुभयो, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।” (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend