भारतको हस्तक्षेपकारी व्यवहार स्वीकार्य छैन : अध्यक्ष ओली — OSNepal

भारतको हस्तक्षेपकारी व्यवहार स्वीकार्य छैन : अध्यक्ष ओली

LC (KTM) October 01, 2021 0

काठमाडौं १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

आजबाट गोदावरीमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । सम्बोधनमा ओलीले भारतको नेपालप्रति हस्तक्षेकारी व्यवहार भएको भन्दै आलोचना समेत गरेका छन् ।

यस्तो हस्तक्षेप कदापी स्वीकार नहुने समेत ओलीले बताएका छन् । ‘छिमेकबाट हस्तक्षेप नहोस् भन्नेमा नेपालको चासो छ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर