प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भएको ठहर गर्दै पाँच दलीय गठबन्धनद्वारा राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा — OSNepal

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भएको ठहर गर्दै पाँच दलीय गठबन्धनद्वारा राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा

LC (KTM) May 22, 2021 0

काठमाडौ- ५ दलीय गठबन्धनले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई असंवैधानिक कदम भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठक सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको हो ।

प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गर्दै पाँच दलीय गठबन्धन संयुक्त वक्तव्य जारी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।’ राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं’ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर