कैट्रिनाका ब्वाई फ्रेण्ड बिक्की कौशलको अनुहारमा लाग्यो गहिरो चोट , सरदार उधममा यसरी देखिएको थियो १३ टाँका — OSNepal

कैट्रिनाका ब्वाई फ्रेण्ड बिक्की कौशलको अनुहारमा लाग्यो गहिरो चोट , सरदार उधममा यसरी देखिएको थियो १३ टाँका

LC (KTM) October 01, 2021 0

बलिउड अभिनेता तथा कैट्रिनाका ब्वाई फ्रेण्ड बिक्की कौशलको फिल्म सरदार उधमको ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मको एक रमाईलो किस्सा बिक्कीले शेयर गरेका छन् । उनले बताएका छन् कि उनको अनुहारमा कसरी लागेको थियो १३ टाँका । उनलाई फेसमा चोट लागेको थियो जसका कारण यो सबै भएको हो । फिल्म शुटिंग भन्दा अघि नै यो घटना घटेको थियो ।

तर पछि फिल्ममा यो चोटको निशान एउटा हिस्सा बन्न पुग्यो । फिल्ममा बिक्कीको भुमीकाको लागि यो एउटा महत्वपुर्ण पाटो बनेको थियो । दर्शकहरुले सार्वजनिक भएको ट्रेलर हेरेपछि अनुहारमा आएको चोटका बिषयमा जिज्ञासा राखेका थिए । यसैक्रममा बिक्कीले बताएका छन्– चोट लागेको कारण मलाई अनुहारमा १३ टाँका मारिएको थियो । फिल्ममा जुन निशान देख्नु भएको छ यो एकदमै असली निशान हो ।

२०१९ अप्रिलमा बिक्की माथि ढोका लडेर अनुहारमा चोट लागेको थियो । त्यतिबेला उनले भुत द हन्टेड शिपको शुटिंग गरिरहेका थिए । यसैक्रममा उनलाई चोट लागेको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर